२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रेमीसँग रंगेहात भेटिएपछि देवनारायणले श्रीमतीलाई छप्काए, १० वर्षका छोराले रमिता हेरिरहे

live romance lover red-handed Devnarayan murder his wife

दमक । झापाको वाह्रदशी गाउँपालिका–१ मा बिहीवार विहानै अकल्पनीय घटना भयो । ३३ वर्षीय देवनारायण राजवंशीले पत्नि ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरे। हत्या पनि एकदमै विभत्स थियो । भाँडा माझ्न ट्युवेलमा रहेकी ममसरीलाई देवनारायणले खुकुरीले एकै पटक गर्धनमा प्रहार गरे। ममसरीले रोक्ने प्रयास गरिन। उनको हातका औला काटिएका आधारमा उनले बाँच्न भरपुर प्रयास गरेको देखिन्छ। तर, देवनारायणले उनलाई छल्दै खुकुरीले छपाछप छप्काए।

यहाँसम्मकी घट्नाको प्रकृति हेर्दा ममसरीको ज्यान नजाउन्जेलसम्म देवनारायणले खुकुरीले प्रहार गरिरहेको देखिन्छ। श्रीमतीको मृत्यु भएपछि उनी भागेनन्, खुकुरी बोकेर घटनास्थलमै वसिरहे। घटनाको जानकारी पाएपछि पुगेका स्थानीयका अनुसार १० वर्षका छोरा मानव भने यो सम्पूर्ण अवस्थाले लगलग काँमीरहेका थिए। उनी रोईरहेका थिए।

त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले देवनारायणलाई खुकुरी सहित नियन्त्रणमा लिएको छ। घटनाको अनुशन्धान भईरहेको झापा प्रहरीका डिएसपी कृष्णकुमार चन्दले वताए। स्थानीयका अनुसार देवनारायण र ममसरीले १२–१३ वर्षअघि प्रेम विवाह गरेका थिए। २÷३ वर्षपछि नै मानवको जन्म भयो। उनीहरुको जिवन अत्यन्तै सरल रेखामा चलिरहेको थियो। पछि ममसरी स्थानीय दिव्यज्योति मावि राजगढमा पढाउन थालिन। देवनारायण वैदेशिक रोजगारीमा जाने भए।

सल्लाह अनुसार नै देवनारायण ओमन गए। दुवै जना कमाउने भएपछि उनीहरु सुखमै वाँचीरहेको देखिन्थ्यो। देवनारायण वर्षमा एक पटक घर आउँथे र केही दिन वसेर घर फर्किन्थे। तर, यो पटक भने देवनारायण आफनो योजना अनुसार घर आउन पाएनन्। उनी आउने समय भएको थिएन। यता, ममसरी भने पतिको मायाँ भुलेर अर्को पुरुषसँग प्रेममा परिन। प्रेमी विना वाँच्नै नसक्ने भएपछि उनले देवनारायणसँग सम्वन्ध विच्छेद गर्ने योजना बनाईन। सोही योजना अनुसार देवनारायणलाई फोन गरेर घर बोलाईन। घर भताभुंग हुन लागेपछि देवनारायण पनि नियमित बिदाभन्दा ४५ दिनअघि घर फर्किए।

घरमा आएपछि उनले पत्निलाई सम्झाउने प्रयास गरे। आफूमात्र नभएर छोराको भविष्य पनि देखाए। आफ्ना कारण छोराको भविष्य अन्धकार वनाउन नहुने भन्दै उनले ममसरीलाई सम्झाउन खोजे। तर, नसकेपछि कुरा वढ्दै परिवारका सदस्यले पनि थाहा पाए। परिवारले उनीहरुलाई मिलाएर राख्न भरपुर प्रयास गर्यो। अन्त्यमा ममसरी देवनारायणसँगै वस्न तयार भईन। पत्निले कुरा वुझेर घर सम्हालेर वस्ने सहमति गरेपछि देवनारायण फेरी विदेशीने योजनामा लागे। नयाँ वर्षमा परिवार र साथीभाईसँग रमाईलो गरेर विदेश जाने उनको योजना थियो। तर, उनको योजनामा एकाएक व्रेक लाग्यो।

विहीबार विहानको घटनाले उनलाई ओमान होईन, प्रहरी खोरमा पुर्याएको छ। यतिमात्रै होईन, जुन छोराका लागि उनले ममसरीसँग अनुनय–विनय गरे, गिडगिडाए त्यही छोरालाई एक्लो बनाएको छ। जुन कुरा छरछिमेकी र घर परिवारले कल्पना समेत गरेका थिएनन्। स्थानीयका अनुसार यसअघिका कमिकमजोरी भुलेर परिवार सम्हाल्ने सहमतिपछि पनि प्रेमीसँग रंगेहात भेटिएपछि देवनारायण आक्रोशमा आएर पत्निको हत्या गरेको खुलेको छ। ममसरीका प्रेमीको पहिचान भने अहिलेसम्म खुलाईएको छैन। घटनाको बारेमा प्रहरीले गम्भिर अनुशन्धान गरिएको डीएसपी चन्दले बताएका छन्। क्षणभरको आबेश रोक्न नसक्दा आज छोरा मानव एक्ला भएका छन् । ममसरीको अल्पआयुमा हत्या भएका छ । अपराधि बाबुपनि अब जन्मकैद जेलमा बस्नेछन् ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस