२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री दाहालले गोरखा दरबारमा प्रतिस्थापन गरे ५२ केजीको बहुमूल्य धातु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा दरबारमा पुरातात्विक महत्वको बहुमूल्य धातु ‘क्वार्ज क्रिस्टल’ प्रतिस्थापन गरेका छन् । गोरखा नगरपालिकाले गोरखा दरबार परिसरमा आयोजना गरेको कार्यक्रमा धातुलाई प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको गद्दी आसन छेउमा प्रतिस्थापन गरेका हुन् । उनले ऐतिहासिक र बहुमूल्य धातु क्वार्जको प्रतिस्थापन भएसँगै जिल्लाको महत्व अझ बढ्ने विश्वास व्यक्त गरे । दाहालले जिल्लाको पर्यटन प्रवर्धनमा थप योगदान पुग्ने धारणा राखे ।

प्रहरीले गोरखा नगरपालिका– ७ सतिपिपल स्थित एक घरबाट उक्त ढुंगा गत असार १४ गते बरामद गरेको थियो । बरामदपछि खानी तथा भूगर्भ विभागका भूगर्भविद्को समूहले अध्ययन गरी सो ढुंगा क्वार्ज क्रिस्टल भएको प्रमाणित गरेका थिए । उक्त धातुलाई पुरातत्व विभागले पनि बहुमूल्य प्रमाणित गरेपछि गोरखा दरबारमा राख्ने निर्णय मन्त्रिपरिषद्ले गरेसँगै आज दाहालले गोरखा दरबारमा राखेका हुन् । उक्त धातुको तौल ५२.३३० केजी रहेको छ । कार्यक्रममा गोरखा जिल्लाको जनप्रतिनिधिका हैसियतले त्यहाँको विकास निर्माणमा निरन्तर लाग्ने बताएका दाहालले गोरखकाली उद्योग, बुढीगण्डकी जलविद्युत आयोजना एवम् पार्क निर्माणमा ध्यान दिने आस्वासन दिए ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस