२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अंग अनुसार रातो कोठीको महत्त्व

Importance of Red Kothi according to organ

काठमाडौँ । शरीरमा कोठी हुनु कुनै नौलो कुरा होइन । यसले शरीरमा वा स्वास्थ्यमा पनि खासै कुनै हानी पार्दैन । कतिपय कोठी त सुन्दरताको कारक पनि बनिदिन्छ । यस्तै केही कोठीले मानिसको सुन्दरतामा असर समेत पार्न सक्छ । हाम्रो शरीरमा रातो कोठी पनि हुने गर्दछ । यस्ता कोठी सौभाग्य र दुर्भाग्य दुवैको प्रतीक मानिन्छ ।

कुन अंगको कोठीले कस्तो फल दिन्छ ?
– अनुहारमा रातो कोठी भएको व्यक्तिको वैवाहिक जीवन संकटग्रस्त हुन्छ ।
– हातमा भएको कोठीले आर्थिक मजबुती ल्याउँछ ।
– छातीमा भएको कोठीले विदेश जाने र धन कमाउने संकेत गर्दछ ।
– हत्केलाको बिच भागमा रातो कोठी छ भने यसले सम्पन्नता दिने ज्योतिषीय मान्यता छ ।
– औलामा यस्तो कोठी छ भने यो दुर्भाग्यको कारण बन्न सक्छ ।
– हत्केलाको पछाडि कोठी हुने व्यक्ति भाग्यशाली मानिन्छ ।
– जुन मानिसको नाकमा यस्तो कोठी हुन्छ त्यस व्यक्तिको जीवनमा संघर्ष बढ्न सक्ने मान्यता छ ।
– ओठको माथि कोठी भएका मानिस लोकप्रिय हुने विश्वास गरिन्छ । ओठमा कोठी भएकाले थोरै मानिसलाई मात्र आफ्नो मान्ने गर्दछन् ।
– नाकको मुनी कोठी हुनेहरू अरु मानिससँग घुलमिल हुन रुचाउने गर्दछन् ।

 

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस