२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नयाँ गठबन्धनपछि देश ओरालो लाग्ने क्रम रोकियो, अब ओरालो लाग्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ सत्ता समीकरणले देशलाई ओरालो लाग्नबाट रोक्ने बताउनुभएको छ । ताप्लेजुङको पार्टी कार्यालय उद्घाटनपछि बोल्दै अध्यक्ष ओलीले अहिलेको सत्ता समीकरणमा एमाले पनि भएकाले देशलाई ओरालो लाग्न नदिने दाबी गर्नुभएको हो । उहाँले एमालेको प्रधानमन्त्री र एमालेको एकल सरकार हुँदा जस्तो काम गर्न नसकिए पनि अहिलेको सरकारले देशलाई बर्बादीमा जानबाट भने जोगाउने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘अब देशको ओरालो लाग्ने क्रम रोकियो, अब देश ओरालो लाग्दैन ।’

माओवादी र कांग्रेसको गठबन्धन सरकार हुँदा विकास निर्माणका काम ठप्प भएको आरोप पनि उहाँले लगाउनुभयो । सरकारले रोकिएका विकास निर्माणका काम अब फेरि अगाडि बढाउने उहाँको भनाई थियो । एमाले सरकारबाट हटेपछि विकास निर्माणका काम रोक्ने र राष्ट्रियतालाई कमजोर पार्ने काम भएको उहाँको तर्क छ । सोही अवसरमा उहाँले मिसन–२०८४ बाट एमालेलाई सुदृढ र निर्णायक राष्ट्रिय शक्ति बनाउनुपर्नेमा जोड दिनुभयो । बैशाख १५ मा हुने इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा निर्वाचनमा एमालेले जित्ने जिकिर पनि उहाँको छ । एक अर्को प्रशंगमा अध्यक्ष ओलीले ओलाङचुङ्गोला क्षेत्रमा निर्माण भइरहेको चीनसँग जोडिने सडक छिटो निर्माण गर्नका लागि आफूले पहल गर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस