२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले बागलुङको अध्यक्षमा पुनः केसी

बागलुङ । नेकपा एमाले बागलुङको अध्यक्षमा पुनः हिरा बहादुर केसी निर्वाचित भएका छन्। बागलुङ बजारमा जारी दशौं अधिवेशनबाट केसी दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

शुक्रबार अध्यक्षको लागि केसी र नेकपा एमाले गण्डकी प्रदेश कमिटीका पूर्व सदस्य हरिनारायण गौतमले उम्मेदवारी दर्ता गरेका थिए। गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्षमा निर्वाचित भए।

यस्तै उपाध्यक्ष र सहसचिवमा पनि सर्वसम्मत उम्मेदवारी चयन भएको छ। उपाध्यक्षमा विष्णु भुसाल सर्वसम्मत चयन भए। उनी यसअघि जिल्ला सचिव थिए। यस्तै उपसचिवमा धन बहादुर परियार र करमती पुनः चयन भएका छन्। उपसचिवमा परियार र पुनको मात्रै उम्मेदवारी परेको हो।

सचिवमा तीन जनाको उम्मेदवारी परेको छ। गणेश थापा, चन्द्र गणेश र कुमार खड्काले उम्मेदवारी दर्ता गराएका छन्। सचिव र सदस्यहरूमा सहमतिको प्रयास भइरहेको अध्यक्ष मण्डलले जनाएको छ। निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा भने गरेको छैन।

 

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस