२०८१ बैशाख ३१ गते सोमवार | 2024 May 13th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजधानी काठमाडौंमा लागेको भीषण आगलागी साढे चार घण्टापछि बल्ल नियन्त्रणमा

काठमाडौं । राजधानी काठमाडौंमा लागेको भीषण आगलागी साढे चार घण्टापछि बल्ल नियन्त्रणमा आएको छ । शंखमुलको दोभान पुलनजिक भएको आगलागी नियन्त्रणमा आएको छ।

आइतबार पौने १ बजेदेखि सुरू भएको आगलागी नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। आगलागीबाट ८ पसल र तीनवटा पक्की घर जलेका छन्। आगो निभाउन पाँच वटा दमकल प्रयोग गरिएको एसपी अधिकारीले जानकारी दिए। उनका अनुसार दोभानपुल नजिक विशाल केसीले सञ्चालन गरेको देवी अटोमोबाइल्स प्रालिमा विद्युत सर्ट भएर आगलागी भएको थियो।

त्यसपछि वर्कशप सँगै रहेका अर्को मोटरसाइकल वर्कशप, पान पसल, माछा पसल, खाजा पसल, तरकारी पसल, मासु पसलमा पनि आगो फैलिएको थियो। संँगै रहेका तीन घरमा पनि आंशिक क्षति भएको उनले बताए। आगो नियन्त्रणमा आइसकेकाले अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको उनले बताए। आगो निभाउन स्थानीय बासिन्दा, प्रहरी र ललितपुरको २ तथा काठमाडौं महानगरपालिको ३ वटा दमकल प्रयोग गरिएको उनले बताए।

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस