२०८१ जेष्ठ १ गते मङ्गलवार | 2024 May 14th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माधव नेपाल नेतृत्वको नेकपा एसका जीतबहादुरलाई ४ वडा मै शून्य मत

विराटनगर । इलाम २ मा पर्ने फाकफोकथुम गाउँपालिकाको ७ वटा वडाको गणना सकिएको छ । अहिलेसम्मको परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले निकटतम प्रतिस्पर्धीसँग ११५५ मतको अग्रता कायम राखेका छन् ।

उनलाई कांग्रेसका डम्बर खड्काले पछ्याइरहेका छन् । यहाँ मुढा तेस्रो र घण्टी चौथो स्थानमा देखिएको छ । सुहाङले ४४१३ भोट ल्याउँदा कांग्रेसका डम्बर खड्काले ३२५८ मत ल्याएका छन् । दुईजनाबीच ११५५ मतको अन्तर छ ।

स्वतन्त्र उम्मेदवार डकिन्द्र थेगिम ९६३ भोटका साथ तेस्रो स्थानमा छन् । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बूको ६४५ भोट छ । नेकपा एसका जीतबहादुर राईले ७ वटामध्ये ४ वटा वडामा शून्य भोट प्राप्त गरे । उनले वडा नम्बर २ मा ६ मत, ४ मा ६ मत र ६ नम्बर वडामा ५ गरी अहिलेसम्म मात्र १७ मत प्राप्त गरेका छ्न् । अहिले चुलाचुली १ को गणना भइरहेको छ ।

 

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस