२०८१ बैशाख ३१ गते सोमवार | 2024 May 13th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजधानी काठमाडौंमा भीषण आगलागी

१६ वैशाख, काठमाडौं । राजधानी काठमाडौंमा भीषण आगलागी भएको छ । काठमाडौंको शंखमूलमा आगलागी भएको हो ।

दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पान पसल, चिया पसल, माछा पसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा पनि आगोले क्षति पुर्याएको छ । तर आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने आइपुगेको छैन । ललितपुर महानगरपालिकाका दुई वटा दमकल सुरुमा आगो निभाउन आइपुगेका थिए । त्यसपछि मात्र काठमाडौंको जुद्ध बारुण यन्त्र पनि आइपुगेको थियो । प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस