२०८१ बैशाख ३१ गते सोमवार | 2024 May 13th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बलात्कार मुद्दामा उच्च अदालतले आज तोकेको सुनुवाइमा सन्दीप लामिछानेलाई धक्का

sandeep lamichhane

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने माथिको लागेको बलात्कार सम्बन्धी मुद्दामा आज सुनुवाइ तोकिएको थियो । उच्च अदालत पाटनले दैनिक पेसी सूचीमा समावेश गरेपनि अन्तिममा आएर आजपनि हेर्न नभ्याइनेमा राखेको छ ।

परिवर्तित नाम गौशाला २६ (छ) – ०७९ ले लगाएको बलात्कार सम्बन्धी मुद्दामा सन्दीप जिल्ला अदालतबाट दोषि ठहर भएका छन् । उनले आफू निदोष रहेको दाबी गर्दै उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए ।

तर यो मुद्दामा अदालतले बारम्बार सुनुवाई नै नगर्नेगरी हेर्न नभ्याईनेमा राख्दै आएको छ । आज अदालतको इजलास नंं ४ मा न्यायाधीश धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा सन्दीपको मुद्दा परेको थियो । उनीहरुको बेन्चमा आज ९ वटा मुद्दा परेका थिए । दुई वटामा आदेश, एक वटा फैसला, ४ वटा स्थगित र ५ वटा हेर्न नभ्याइनेमा राखेका छन् । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो।

जतिसक्दो यो मुद्दालाई टुंग्याएर सन्दीप सफाई पाएमा विश्वकप खेल्न जान चाहान्थे । आजदेखि सुनुवाई भएको भए सन्दीपले विश्वकपको टोली घोषणा गर्ने समयसम्म अन्तिम फैसला पाउने थिए । तर आजको ढिलाईले अब सफाई पाइहालेपनि विश्वकपमा समावेश हुने सम्भावन एकदम कम रह्यो । यसले सन्दीपलाई धक्का लागेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस