२०८१ बैशाख ३१ गते सोमवार | 2024 May 13th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पछिल्लो मत ब्रेक देख्दा सुहाङले धेरैले उछिन्ने, अहिले हाराहारीमा आए

काठमाडौं । इलाम २ को मतगणना जारी रहँदा कांग्रेस उम्मेदवार डम्बर खड्काको झिनो अग्रतामा आएको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २ र ३ को मतगणना सकिँदा खड्काले १६४३ मतका साथ अग्रता कायम राखेका छन् ।

एमालेका सुहाङ नेम्वाङले १६०१ मतका साथ पछ्याइरहेका छन् । यसअघि वडा नम्बर १ मा डेढ सय बढीको अग्रता लिएका खड्का वडा नम्बर २ मा पुग्दा ८२ मतले अगाडि थिए । वडा नम्बर ३ बाट उनी मात्र ४२ मतले अघि छन् । १ र २ वडा कांग्रेसले जितेका हुन् ।

तर, २ र ३ नम्बर वडामा सुहाङले कांग्रेसको भन्दा बढी मत पाएपछि अग्रता साँघुरिएको हो । सो वडाबाट एमालेले ५२९, कांग्रेसले ४८८, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १२४ र रास्वपाका मिलन लिम्बुले ९४ मत पाएका थिए । तीन वडाको मत गणना सकिदा कांग्रेस १६४३, एमाले १६०१, मुडा ४३७ र घण्टीले ३०५ मत पाएका छन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस