२०८१ बैशाख ३१ गते सोमवार | 2024 May 13th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलाम-२ मा सुहाङलाई १००१ मतको अग्रता

१६ वैशाख, इलाम । इलाम- २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अग्रता १००० पुर्‍याएका छन् ।

पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ३७८३ मत पाउँदा खड्काले २७८२ मत पाएका छन् । फाकफोकथुम गाउँपालिकाको वडा नं १, २, ३, ४, ५ र ६ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टी भने धेरै कम मतका साथ चौथो स्थानमा छ ।

तेस्रो स्थानमा पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम छन् र उनले ७८४ मत पाएका छन् । चौथो स्थानमा रहेका रास्वपा उम्मेदवार मिलन लिम्बुले ५६१ मत पाएका छन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस