२०८१ जेष्ठ १ गते मङ्गलवार | 2024 May 14th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेससँग ह्वात्तै बढाए सुहाङले अग्रता

काठमाडौं । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता झनै बढाएका छन् । उनले फाकफोकथुम गाउँपालिकाका सबै १,२,३,४,५,६ र ७ वडाका मत गणना गर्दा कांग्रेससँग ११५५ मतले अग्रता लिएका हुन् । ६ वटा वडासम्मको गणनामा १००१ मतले अग्रता लिएका सुहाङले लगातार अग्रता लिइरहेका छन् ।

ताजा अपडेटअनुसार नेम्वाङ ४४१३ मतसहित अग्रस्थानमा रहँदा नेपाली कांग्रेसका डम्बर खड्का ३२५८ मतले दोस्रो स्थानमा छन् । उनीहरुबीच ११५५ को मतान्तर रहेको छ ।

त्यस्तै, पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले ९६३ मत ल्याएर तेस्रो स्थान कायम राखेका छन् । रास्वपाका मिलन लिम्बूले ६४५ मत ल्याएर आफूलाई चौथो स्थानमा नै राखेका छन् । हालसम्म ७ वटा वडाको मतगणना सकिएको छ ।

यसअघि भएको भुल सुधार भएको छ । उक्त त्रुटीप्रति क्षमाप्रार्थी छौं ।

 

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस