२०८१ बैशाख ३० गते आइतवार | 2024 May 12th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बझाङमा एमाले उम्मेदवार ६०८ मतले अगाडि

UML

१६ वैशाख, काठमाडौं । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निकटतम् प्रतिद्वन्द्वीभन्दा ६०८ मतले अगाडि रहेका छन् । ८०७२ सदर मतमध्ये भण्डारीले २८९० मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २२८२ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १७५३ मत पाएका छन् । एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९९९ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ६३ मत प्राप्त गरेका छन् ।

 

 

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस