२०८१ बैशाख ३१ गते सोमवार | 2024 May 13th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बझाङमा एमाले उम्मेदवारलाई ६७७ मतको अग्रता

UML

१६ वैशाख, बझाङ । बझाङ- १ को प्रदेशसभामा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले ६७७ मतको अन्तर कायम राखेको छ । आइतबार राति साढे ९ बजे सार्वजनिक मत परिणाम अनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ३ हजार ४९७ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका अभिषेक सिंहले २ हजार ८२०, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले १ हजार ८८१ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ५० मत पाएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस