२०८१ बैशाख ३१ गते सोमवार | 2024 May 13th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

स्थानीय चुनावमा हारेका दुवै वडाबाट एमालेलाई दोब्बर मतको अग्रता

UML

कैलाली । उपनिर्वाचनको प्रारम्भिक मत परिणाम हेर्दा नेकपा (एमाले) ले आफ्नो मत बढाएको देखिन आएको छ । बझाङ उपनिर्वाचनको मतगणनाबाट आएको पछिल्लो मत परिणाममा एमालेले दोब्बर मतको अग्रता कायम गरेको छ । छविस पाथिभेरा गाउँपालिकाबाट अहिले मत गणना जारी छ । यहाँको वडा नम्बर १ र २ मा मत गणना सकिएको छ ।

स्थानीय तहमा दुवै वडामा एमाले पराजित भएको थियो । वडाध्यक्ष पराजित भएकै वडामा एमालेले अग्रता लिएका छ । स्थानीय तहमा वडा नम्बर १ मा कांग्रेसका कर्णबहादुर सिंह निर्वाचित भएका थिए भने २ मा स्वतन्त्रबाट परित्रबहादुर मण्डल निर्वाचित भएका थिए । वडा नम्बर १ मा एमाले दोस्रो र २ मा तेस्रो अवस्थामा रहेको थियो । तर, अहिले दुबै वडाको मत गणना सकिँदा एमालेले दोब्बर अग्रता बनाएको छ ।

एमाले उम्मेदवार दमन भण्डारीले ७५७ मत पाउँदा कांग्रेस उम्मेदवार अभिषेक सिंहले ३८० मत पाएका छन् । अहिले वडा नम्बर ३ र ४ को गणना भइरहेको छ । यी दुबै वडामा पनि स्थानीय तहमा एमाले वडाध्यक्षमा पराजित भएको थियो । वडा नम्बर ३ मा कांग्रेसका श्याम बहादुर सिंह र ४ मा नेकपा एकीकृत समाजवादीका अमर राज थापा निर्वाचित भएका थिए । स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी गठबन्धनसहित निर्वाचनमा होमिएका थिए । एमाले भने एक्लै लडेको थियो ।

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस