२०८१ जेष्ठ १ गते मङ्गलवार | 2024 May 14th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलामको चुलाचुलीमा आएपछि कांग्रेसको भन्दा दोब्बर मत मुढालाई, सुहाङ १२६६ मतले अगाडि

इलाम बजार । प्रतिनिधिसभा सदस्य इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का सुहाङ नेम्वाङ निकटतम प्रतिस्पर्धीसँग अग्रता झनै बढाउँदै आएका छन् । फाकफोकथुम गाउँपालिकाका सबै वडाको गणना सकिँदा ११५५ मतले अघि रहेका सुहाङ चुलाचुली गाउँपालिकाको एक नम्बर वडाको गणनापछि १२६६ मतले अघि आए । यो क्षेत्रमा आएपछि पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले मत ह्वात्तै बढाएका छन् ।

कांग्रेसका उम्मेदवारको भन्दापनि दोब्बर बढी मत यो वडामा ल्याएका छन् । यो वडाको मत गणना सकिँदा कुल मतमा सुहाङ नेम्वाङ (सूर्य) ५०२५, डम्बर बहादुर खड्का (रुख) ३७५९, डकेन्द्रसिंह थेगीम (मुढा) १९९६ र मिलन लिम्बू (घन्टी) ७६० मत आएको छ ।

चुलाचुली वार्ड नम्बर एकमा मात्र
सूर्य – ६१४
रुख – ५०१
मुढा – १०३१
घन्टी – ११५

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस