२०८१ जेष्ठ १ गते मङ्गलवार | 2024 May 14th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा टोटनहमलाई ३–२ गोलले हराउँदै जित निकालेको हो । आर्सनलका लागि बुकायो साका र काइ हाभर्ट्जले एक–एक गोल गरेका थिए भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै टोटनहमका क्रिस्टियन रोमेरो र सन ह्युन मिनले एक–एक गोल फर्काएका थिए ।

खेलको १५औँ मिनेटमा टोटनहमका पियरे इमिल होन्बर्गले आत्मघाती गोल गरेपछि आर्सनलले सुरुवाती अग्रता लिएको थियो । यस्तै २७औँ मिनेटमा साकाले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए । यसैगरी ३८औँ मिनेटमा हाभर्ट्जले गोल गर्दै खेललाई ३–० को अवस्थामा पु¥याए ।

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस