२०८१ जेष्ठ १ गते मङ्गलवार | 2024 May 14th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ब्रेकिङ अपडेट : सुहाङको २२८१ मतको अग्रता, कांग्रेस नजिक मुढा आइपुग्यो !

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा सम्पन्न उपचुनावको सोमबार बिहान ६ बजेसम्मको ताजा मत परिणाम अनुसार नेकपा (एमाले) का सुहाङ नेम्वाङले उच्च अग्रता लिएका छन् ।

इलामको फाकफोकथुम गाउँपालिकाका सबै वडा र चुलाचुली गाउँपालिकाका वडा नं. १,२,३,४,५ र ७ को मत परिणाम अनुसार सुहाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्कासँग २२८१ मतको अग्रता लिएका छन् । रास्वपाको घण्टीले बल्ल हज्जार मत कटाएको छ भने मुढाले ह्वात्तै मत बढाएर झण्डै कांग्रेसको हाराहारीमा आएको छ । फाकफोकथुम गाउँपालिका सकाएर अहिले चुलाचुली गाउँपालिकाकोपनि अन्तिम वडा (६) को गणना भइरहेको छ ।

यस्तो छ पछिल्लो मत परिणाम

चुलाचुली गाउँपालिका ४ पछिको अपडेट (बिहान 6:00)
सुर्य (सुहाङ्ग):७६७६
रुख (डम्बर):५३९५
मुढा (डकेन्द्र): ४०५८
घण्टी (मिलन): ११६२

चुलाचुली गाउँपालिका
सुर्य: ६४४
रुख: २८६
मुढा: ५४५
घण्टी: ६०

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस