२०८१ जेष्ठ २ गते बुधवार | 2024 May 15th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मिलनकै वडामा बज्दै बजेन घण्टी, सुहाङले ल्याए दोब्बर मत

विराटनगर । इलाम क्षेत्र नम्बर २ मा रास्वपाले जित्ने अपेक्षासहित स्वतन्त्र उम्मेदवारी घोषणा गरेका युवा मिलन योङहाङ लिम्बूलाई पार्टी प्रवेश गराएर टिकट दियो । तर लज्जास्पद मत प्राप्त भइरहेका बेला उनी आफ्नै वडामा अत्याधिक कमजोर देखिए ।

मिलनले माङसेबुङबाट राम्रो मत जम्मा हुने अपेक्षा गरेका थिए । तर, उनकै वडामा सय मत कटाउन सकेनन् । उनी माङसेबुङ गाउँपालिका वडा नम्बर २ का मतदाता समेत हुन् । सो वडाको अन्तिम गणनामा मिलनले ९६ मतमात्र प्राप्त गरेका छन् । माङ्सेबुङ २ मा पनि एमालेका सुहाङ नेम्वाङले नै सर्वाधिक ५८६ मत पाएका छन् । दोस्रोमा कांग्रेसका डम्बर खड्काको ३५१ र पहिचानवादी डकेन्द्र थेगिमको ३१७ मत आएको थियो । निकटतम प्रतिस्पर्धीसँगको अग्रतामा सुहाङको दोब्बर मत हो ।

मिलनकै वडामा सुहाङले २३५ मतले कांग्रेसलाई लिड गरे । माङसेबुङबाट पहिचानवादी मुढाले अग्रता लिने अपेक्षा समेत मेल खाएन । अहिलेसम्म गणना भएका फाकफोकथुम, चुलाचुली र माङसेबुङ तीनवटै गाउँपालिकामा एमालेले अग्रता लिएको छ । फाकफोकथुम थेगिमको गाउँपालिका भए पनि उनले एमालेलाई उछिन्न सकेनन् ।

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस