२०८१ जेष्ठ ३ गते बिहिवार | 2024 May 16th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुहाङ ६,४३९ मतले अगाडि, कोर एरियाआएपछि घण्टीको बढ्यो

विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मतगणना अन्तरगत १२ वटा वडाको मत गन्न बाँकी हुँदा एमालेले १९,११४ मत पाएको छ । कांग्रेसले भने १२,६७५ मत पाएको छ । एमाले र कांग्रेसकाबीचमा ६,४३९ मतको अन्तर रहेको छ ।

कांग्रेसलाई पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले पछ्याउँदै छन् । थेगिमले ९,४१० मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले भने ३,२४२ मत पाएका छन् । बजार क्षेत्र आएपछि अहिले रास्वपाले मत बढाउँदै गएको छ । बजार क्षेत्रलाई रास्वपाले कोर एरिया भन्दै आएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस