२०८१ जेष्ठ २ गते बुधवार | 2024 May 15th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुहाङ नेम्वाङतर्फ अत्याधिक ढल्कियो जितको सुइरो, निकटतमसँग ३७३४ मतले अघि

इलाम । इलाम–२ उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का सुहाङ नेम्वाङतर्फ जितको सूइरो अत्याधिक ढल्किएको छ । माङ्सेबुङ वडा नम्बर ६ गनिसक्दा निकटतम प्रतिस्पर्धीसँग ३७३४ मतले अग्रता लिँदै जितको सूइरो आफूतर्फ अत्याधिक ढल्काएका हुन् । पछिल्लो मत परिणाम अनुसार एमालेका सुहाङ नेम्वाङ ११००९ मत ल्याएर अग्र स्थानमा छन् ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ७२७५ मतले दोस्रो, पहिचान पक्षधरको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिह थेगिम ५८६९ मतले तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बू १५०९ चौथो स्थानमा छन् ।

तपाईहरुलाई जानकारी गरौं की माङ्सेबुङ वडा नम्बर ६ गणना सम्पन्न हुँदा सुहाङले मतान्तर नै ३७७ मतले गरिदिए । उक्त वडामा सूर्यमा ५९०, रुखमा २१३, मूढामा ११६ र घण्टी ५८ मत आयो ।

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस