२०८१ जेष्ठ १ गते मङ्गलवार | 2024 May 14th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुहाङको १९२३ मतको अग्रता : घण्टीले हज्जार कटायो, मुढाले ह्वात्तै बढायो

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा सम्पन्न उपचुनावको सोमबार बिहानको ताजा मत परिणाम अनुसार नेकपा (एमाले) का सुहाङ नेम्वाङले निरन्तर अग्रता थप गरिरहेका छन् ।

इलामको चुलाचुली गाउँपालिका वडा नं. ४ र ६ मात्र गन्न बाँकी छँदा सुहाङले निकटतम प्रतिस्पर्धीसँग १९२३ मतको अग्रता लिएका छन् । घण्टीले बल्ल हज्जार मत कटाएको छ भने मुढाले ह्वात्तै मत बढाएको छ । फाकफोकथुम गाउँपालिका सकाएर अहिले चुलाचुली गाउँपालिकाकोपनि अन्तिम वडाको गणना भइरहेको छ ।

यस्तो छ पछिल्लो मत परिणाम
सुर्य : (सुहाङ) ७०३२
रुख : (डम्बर) ५१०९
मुढा : (डकेन्द्र) ३५१३
घण्टी : (मिलन) ११०२

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस