२०८२ जेष्ठ ९ गते बिहिवार | 2025 May 22nd Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिधा कुरा डटकममा सार्वजनिक अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश

१७ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा डटकमले १४ वैशाखमा प्रकाशित गरेको एक समाचारसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीको प्राविधिक जाँच गराउन प्रहरीलाई आदेश दिएको थियो । उक्त अनलाइन न्युज पोर्टलले स्टिङ अपरेशन सम्बन्धी मुद्दाको फैसला प्रभावित पार्न सर्वोच्च अदालतका न्यायाधीश र आमसञ्चार माध्यम सञ्चालकहरु नै संलग्न रहेको प्रमाण भन्दै एक अडियो युट्युबमा अपलोड गरेको थियो ।

उक्त समाचार अडियो सामग्रीले अददालतको अवहेलना भएको भन्दै सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले पेश गरेको प्रतिवेदनमाथि सोमबार न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो । सुनुवाइपछि इजलासले उक्त श्रव्य दृश्य सामग्रीमा उठाइएको विषयवस्तुको सत्यतथ्य र प्राविधिक पक्षको विस्तृत अनुसन्धान हुनुपर्ने देखिएको ठहर गरेको हो ।

‘सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानूनको उल्लंघन गरेको देखिएमा कानून बमोजिम कारवाहीसमेत अगाडि बढाउनू’, सर्वोच्चको आदेशमा भनिएको छ, ‘प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत यस अदालतमा पेश गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने ।’

 

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस