२०८१ जेष्ठ ४ गते शुक्रवार | 2024 May 17th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुल्मीमा आगो लगाएको आरोपमा दुई जना पक्राउ, हुनेछ तीन वर्ष कैद र ६० हजार जरिवाना

A massive fire broke out in Mahalakshmi in Dhankuta

१८ वैशाख, गुल्मी । गुल्मीमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् । डिभिजन वन कार्यालय गुल्मीका अनुसार उनीहरुलाई स्थानीय सिस्न्यारा पातल सामुदायिक वनमा वैशाख ७ गते आगो लगाएको आरोपमा पक्राउ गरिएको हो । आरोपी दुवै जनाले वनमा आफूहरुले आगो लगाएको स्विकारिसकेको कार्यालयको भनाइ छ ।

डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत पंकजकुमार ठाकुरका अनुसार उनीहरुलाई नेटा बजारबाट वैशाख १७ पक्राउ गरिएको थियो । उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ । पक्राउ परेका उनीहरुलाई तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने डिभिजन वन कार्यालय गुल्मीका निमित्त वन अधिकृत ठाकुरले बताए । वनजंगलमा मानवीय कारण आगलागी हुँदा त्यसले ठूलो क्षति पु¥याउने उनको भनाइ छ । हाल गुल्मीका १२ स्थानीय ८० सामुदायिक वनमा आगो लागेको छ । आगलागीबाट २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस