२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

एक केजीभन्दा बढी सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

6 people including inspector arrested from examination center in Rautahat

काठमाडौं । काठमाडौंमा प्रहरीले ठूलो परिमाणको अवैध सुन र नगदसहित सात जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगद बरामद भएको छ । पक्राउ पर्नेमा एकजना नाबालक पनि छन् ।

पक्राउ परेकाहरूको विस्तृत विवरण प्रहरीले केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस