२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

विदेशी मुद्रा : आज आइतबार मूल्य बढ्यो कि घट्यो ?

money exchange rate in nepal today

बैशाख १६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर बाहेक धेरैजसो विदेशी मुद्राको मूल्य हिजोकै यथावत छ। अर्थात् धेरैजसो विदेशी मुद्राको कारोबार आज पनि शनिबारकै मूल्यमा हुनेछ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४१ पैसा निर्धारण भएको छ।  हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६७ रुपैयाँ २६ पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ २० पैसा निर्धारण भएको छ।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ।

हेर्नुस् सूची

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस