काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा पुगेको छ।
यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६० पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा रहेको छ । यता, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५७ पैसा र बिक्री दर १६८ रुपैयाँ ३३ पैसा रहेको छ।
हेर्नूहोस् कुन देशको कति ?

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार

