२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

सुप्रिम सहकारी ठगी : अध्यक्ष थुनिए, पूर्वउपराष्ट्रपतिका छोरालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा अदालतले अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाएको छ। अन्य ६ जनालाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले तीन दिनको थुनछेक बहसपछि आज आदेश दिएको हो।

अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले अध्यक्ष गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाएको अन्य आरोपीहरु दुर्गा चापागाई पाण्डेबाट १८ लाख, नवीन अछामीबाट १० लाख, दीपक न्यौपानेबाट ४ लाख ४५ हजार, निता थापामगर र रोशनी गुरुङबाट जनही दुई/दुई लाख रुपैयाँ धरौटी माग गरेको जानकारी दिए।

उनका अनुसार दीपेश पुनलाई ४ लाख धरौटीमा छाड्ने आदेश भएको छ। पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका महासचिव पुन सुन तस्करी प्रकरणमा समेत मुछिएका छन्। रुपन्देहीबाट छुटे पनि उनलाई सुन तस्करी प्रकरणमा काठमाडौँ ल्याएर अनुसन्धान गर्ने तयारी सिआइबीले गरको छ।

 

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस