२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई मन्त्री चौधरीको निर्देशन

काठमाडौँ, २८ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उहाँले नीतिगत निर्णय गर्दै २ महिनामा रिजल्ट ल्याउने गरी काम गर्न निर्देशन दिनुभएको हो ।

अर्थपूर्ण रूपमा काम गर्न कम्पोजिशन मिल्नुपर्ने बताउँदै’, मन्त्री चौधरीले भन्नुभयो, ‘जनगुनासो चासो अनुसार मन्त्रालयको लक्षित क्षेत्रअनुसार काम गर्नुस् । परिणाम देखाउने गरी काम गर्नुपर्‍यो । भए गरेका काम कारबाहीका विषयमा समीक्षा पनि गर्नुस् ।’उहाँले पछिल्ला दुई महिनामा भए गरेका महत्त्वपूर्ण कामको समीक्षा गरी रिपोर्ट तयार गर्न समेत कर्मचारीलाई निर्देशन दिनुभयो ।
सरकारले अन्तर्राष्ट्रिय सन्धि सम्झौता गरिसकेपछि त्यसको पालना गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसप्रति राज्य जिम्मेवार रहनुपर्ने बताउनुभयो । सेवाग्राहीले मन्त्रालय छ भन्ने महसुस हुनेगरी काम गर्नुपर्ने भन्दै उहाँले तर सीमित स्रोत साधनका कारण समस्या उत्पन्न भएको बताउनुभयो ।

त्यसका बाबजुद पनि बढी भन्दा बढी सेवाग्राही लाभ हुनेगरी काम गर्नुपर्ने उहाँको भनाई थियो । मन्त्रालयसँग सम्बन्धित विषयमा संसद्‍मा उठेका प्रश्नहरूको पनि सम्बोधन गर्न सम्बन्धित शाखाबिच समन्वय गर्न मन्त्री चौधरीले निर्देशन दिनुभयो ।

त्यस अवसरमा मन्त्रालयका सचिव दिनेश भट्टराईले पूर्ण रूपमा अपांगता भएका व्यक्तिहरूका लागि सहयोगी उपलब्ध गराउने विषय महत्त्वपूर्ण भएको भन्दै मन्त्रालयले बजेट वृद्धि गर्ने सन्दर्भमा पहल गरिरहेको बताउनुभयो। मन्त्रालयले काम गर्ने क्षेत्र ठुलो भएको भन्दै उहाँले जिम्मेवारी अनुसार सबै क्षेत्रमा राम्रा काम गर्नेगरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस