२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजै रातिबाट लागू हुनेगरी पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँ घट्यो

These petrol pumps in Kathmandu have been deceiving consumers in this way

२ जेठ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

घटेको मूल्य बुधवार राति १२ बजेपछि लागू हुनेछ । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ । डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ । भारतबाट आयात हुने पेट्रोलको मूल्य घटेर आएकाले नेपालमा मूल्य समायोजन गरिएको निगमको भनाइ छ ।

हेर्नुहोस् आयल निगमको विज्ञप्ति

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार
प्रतिक्रिया दिनुहोस