२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘छक्का पञ्जा ५’ लेखन सकाएर काठमाडौं फर्किए दीपक, को होलिन् अभिनेत्री ?

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले ‘छक्का पञ्जा ५’ बनाउँदैछन् । फिल्मको लेखनका लागि केही समय पोखरा रहेका दीपक लेखन सकाएर हालै काठमाडौं फर्किसकेका छन् । फिल्मको छायाङ्कन जेठको १५ गतेबाट सुरु गर्ने तयारीमा निर्माण युनिट जुटेको छ । फिल्म दीपाश्री निरौलाले नै निर्देशन गर्न लागेकी हुन् । फिल्मका लागि अहिले कलाकार छनौट भइरहेको छ ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे लगायतका केही कलाकार पुरानै रहनेछन् । अन्य कलाकारहरूसँग कुराकानी भइरहेको निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीको भनाई छ । फिल्ममा एक जना मात्र नायिका रहनेछन् । फिल्मको लागि अहिलेसम्म नायिका भने फाइनल भएको छैन । ‘छक्का पञ्जा’को यस अगाडिको प्रत्येक सिक्वेलमा फरक फरक नायिकाले काम गरेका छन् ।

यो सिक्वेलमा पनि नयाँ नायिका हुन सक्ने अनुमान गर्न सकिन्छ । को हुने भने अहिलेसम्म फाइनल भएको छैन । केही दिनमै नायिकासँगै अन्य कलाकारको लाइन अप पुरा गर्ने तयारीमा निर्माण टिम जुटेको छ । ‘छक्का पञ्जा ५’ को रिलिज मिति यसै वर्षको दसैँमा हुने भनिएको छ । नेपाली फिल्मको व्यवसायमा रेकर्ड राख्न सफल ‘छक्का पन्जा’ को यो पाँचौँ सिरिज निर्माण घोषणा समयदेखि नै चर्चा र दर्शकको प्रतीक्षित सूचीमा छ ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस