२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रोहितले २८ बलमा ४३ औं अर्धशतक बनाए, लखनउविरुद्ध मुम्बईको धमाकेदार सुरुवात

MI vs LSG Live Score

काठमाडौं । आइपीएल २०२४ मा आज मुम्बई र लखनउबीच कडा प्रतिस्पर्धा भइरहेको छ । विकेटको खोजीमा रहेको लखनउलाई रोहित शर्माले उल्टै चुटिदिएका छन् । उनले २८ बलमा अर्धशतक बनाएका छन् । यो उनको आईपीएल करियरको ४३ औं अर्धशतक हो।

योसँगै डेवाल्ड ब्रेभिस पनि उत्कृष्ट लयमा देखिएका छन् । आठ ओभरपछि टोलीको स्कोर ७८–० छ। मुम्बई इन्डियन्सलाई जितका लागि ७२ बलमा १३७ रन आवश्यक छ । लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । २१५ रनको विशाल लक्ष्य भेट्टाउन मुम्बई कडा रुपमा प्रस्तुत भइरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस