२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लखनउले मुम्बईलाई १८ रनले हरायो, रोहित–नमनको मेहनत बालुवामा पानी खन्याए बराबर

MI vs LSG Live Score

काठमाडौं । आइपीएल २०२४ मा आज लखनउसँग मुम्बई १८ रनले पराजित भएको छ । लखनउले दिएको २१५ रनको लक्ष्य पछ्याउँदा मुम्बई इन्डियन्सले बलियो सुरुवात गरेको थियो । तर मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १९६ रन बनाउँदै पराजय भोग्यो ।

ओपनिङमा ब्याटिङमा आएका रोहित शर्मा र डेवाल्ड ब्रेविसले पहिलो विकेटका लागि ८८ रनको साझेदारी गरे । जुन साझेदारीलाई नवीन उल हकले चकनाचुर पारिदिएका थिए । उनले नवौं ओभरमा डेवाल्ड ब्रेविसलाई आउट गरेका थिए। उनले २० बलमा २३ रन बनाउन सके । त्यसपछि आएका सूर्य खाता नखोलि प्याभिलियन फर्किए । रोहित शर्माले ६८ रन बनाउन सफल भए । उनले १७८.९४ को स्ट्राइक रेटमा १० चौका र तीन छक्का प्रहार गरे।

यस खेलमा हार्दिक पाण्ड्याले १६ रन, नेहल वढेराले एक र इशान किशनले १४ रन बनाए । लखनउविरुद्ध नमन धीरले विस्फोटक प्रदर्शन गरेका थिए । उनले २६ बलमा तुफानी अर्धशतक बनाए । यस खेलमा उनले ६२ रन बनाएर अविजित रहे । उनले २२१.४२ को स्ट्राइक रेटमा चार चौका र पाँच छक्का प्रहार गरे। रोमारियो शेफर्ड एक रन बनाएर अविजित रहे । लखनउका रवि बिश्नोई र नवीन उलाहकले समान २–२ विकेट लिए । यस्तै क्रुणाल पाण्ड्या र मोहसिन खानले समान १ विकेट लिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस