२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साप्ताहिक राशिफल वि. सं. २०८१ जेठ ६ गतेदेखी जेठ १२ गते सम्म (Weekly horoscope of 19th To 25th May 2024)

साप्ताहिक राशिफल वि. सं. २०८१ जेठ ६ गतेदेखी जेठ १२ गते सम्म (Weekly horoscope of 19th To 25th May 2024)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

वैदेशिक यात्रामा शुभ फल देखिन्छ । आर्थिक उपार्जनका लागि नयाँ मौका प्राप्त हुनेछ । स्वास्थ्यमा केही समस्या देखापर्ने छ । वाणी सफल हुने योग छ । विचार गरेर काम गर्नु होला नत्र पश्चाताप भोग्नु पर्ने हुन सक्छ । नवकार्यमा सामान्य बाधा आउनेछ । नजिकका साथीभाइबाट केही सहयोग मिल्नेछ । खानपानमा सावधान रहनुहोला । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अग्रजको सल्लाहमा कार्य गरेमा सफलता मिल्नेछ । मित्र सहयोगीहरुबाट काममा शुभ छ । विद्यार्थीहरुका लागि अध्ययनशील समय छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा थोरै मानसिक शान्ति हुनेछ । व्यवसायीहरुका लागि लाभ हुने समय छ । कार्यमा केही व्यक्तिहरुसँग हल्का मत मतान्तर हुने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ सवारी साधनको योग छ । वैदेशिक रोजगारमा राम्रो फल मिल्नेछ । सोचे अनुसारको फल पुरानो काममा नै मिल्ने छ । धातुको कार्य पहिलेकोे तुलनामा नयाँ स्थान राम्रो हुने देखिन्छ । ठूला कार्यमा निर्णय लिनु ठीक छैन । सामान्यतः भाग्य राम्रो छ । साताको अन्त्यमा अर्थ समस्याको समाधान निस्कने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

उच्चस्थ व्यक्तिहरुसँग भेटघाट हुनेछ तर केही व्यक्तिहरुसँग मत मतान्तरसमेत हुनेछ । सामाजिक पद, प्रतिष्ठा मिल्नेछ । यो हप्ता नयाँ कार्य सिद्धि हुने छ ।विद्यार्थीहरुका लागि अध्ययन, लेखन, कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ । व्यवसायीहरुका लागि लाभ हुने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अध्ययनमा सफलता मिल्ने छ । घरजग्गा व्यवसायमा केही सुधार आउने देखिन्छ । वरपरका व्यक्तिसँग सामान्य मत भिन्नता हुने देखिन्छ । स्वकार्यमा सफलता मिल्नेछ । स्थानान्तरणमा केही ढिलासुस्ती हुने देखिन्छ पहिले गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । राजनीतिमा सफलता मिल्नेछ । राम्रो कार्य सम्पादन, लेखन गरेबापत सम्मान, प्रमोसन हुने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

जग्गासम्बन्धी कारोबारमा केही लाभ हुन सक्नेछ । साझेदारी काममा सावधान हुनुपर्ने छ । नयाँ क्षेत्रबाट बाधा अड्चन आई केही दुःख मानसिक कष्ट भोग्नु पर्नेछ । शिक्षामा लाभ हुने समय चलेको छ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । मधुर भोजन र पारिवारिक संयोगले मन प्रशन्न हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

ठूला र महत्वपूर्ण कार्यमा रुचि बढ्नेछ । विचारपूर्वक काम गर्नु होला नत्र केही दुःख भोग्नु पर्ने हुन सक्छ । पहिलेका मित्रहरुबाट आर्थिक फल मिल्नेछ । सवारी साधन प्रयोग गर्दा सावधानी अपनाउनु होला । दाजुभाइहरुसँगको सम्बन्धमा सुधार आउने छ । उत्साही हुने समय देखिन्छ । अध्ययनमा सफलता मिल्ने छ । कार्य क्षेत्रमा सुधार आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा जमिनको कार्य गरेमा राम्रो छ । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ । ठूला जलक्षेत्रमा लगानी गर्नु राम्रो देखिन्छ । उन्नति प्रगतिका लागि धातु व्यवसाय सुरुवात गर्ने योग देखिन्छ । सहकर्मी मित्रहरुबाट राम्रो सहयोग सद्भाव मिल्ने छ । यो साताको अन्त्यमा केही आर्थिक लाभ मिल्ने देखिन्छ । परिवारमा सुख प्राप्त हुने समय छ । धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सामाजिक पद प्रतिष्ठा मिल्नेछ । घरमा शुभ, राम्रो वस्तुको क्रय हुने समय छ । साथीहरुसँग भ्रमण गरी खुसीपूर्वक समययापन हुने छ । यो साताको अन्त्यमा केही आर्थिक व्यय देखिन्छ । दाजुभाइ इष्टमित्रबाट सहयोग मिल्नेछ । नयाँ जागिर प्राप्त हुने योग छ । वैदेशिक रोजगारीबाट राम्रो फल मिल्ने देखिन्छ । कार्यमा लाभ प्राप्त हुने समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्यक्षेत्रबाट धन प्राप्तिको योग छ । वैदेशिक यात्रामा सामान्य ढिला सुस्ती हुनेछ । पार्टनरसिप व्यवसायबाट फल राम्रै मिल्नेछ । सहकर्मीहरुबाट राम्रो सहयोग सद्भाव रहने छ । अध्ययन अध्यापन कार्यमा सफलता मिल्नेछ । केही कार्यगत समस्या सामना गर्नु पर्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पढाइमा रुचि बढ्नेछ । सहयोगीहरुबाट कार्यमा सहयोग मिल्ने छ । आयमा हल्का बाधा छ । पारिवारिक भ्रमण गरेमा मन प्रशन्न रहने छ । वैदेशिक रोजगारीका लागि अवसर मिल्नेछ । केही अर्थ समस्या सामना गर्नुपर्ने छ । साताको अन्त्यमा समस्याको समाधान पनि निस्कने छ । पहिले गरिरहेकै कार्यलाई केही दिन यथावत् राख्नुहोला । विलासी दिनचर्याबाट बच्नुपर्ने समय छ । मित्र सहयोगीहरुबाट काममा शुभ छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कार्य क्षेत्रमा सुधार आउनेछ । राजनीतिक भ्रमण गरेमा राम्रो छ । विद्यार्थीहरुका लागि यो साता राम्रो छ । नवीन कार्य गर्दा विचारपूर्वक गर्नुहोला । जग्गासम्बन्धी काममा फल प्राप्तिको योग छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । विद्यार्थीहरुका लागि अध्ययन कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा सामाजिक कार्य बढ्नेछ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस