२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छोराको हत्या गरी फरार महिला बीरगञ्जबाट पक्राउ

पर्सा, जेठ ६ गते । वीरगञ्ज प्रहरीले छोरा हत्या गरी फरार रहेकी एक जना अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ बस्‍ने २२ वर्षीया महिला आरती कुमारी रहेकी छिन् ।

उनलाई बिशेष सूचनाको आधारमा वीरगञ्ज प्रहरीले जेठ १ गते पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि कर्तव्य ज्यान सम्बन्धी मद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनी २०८० साउन २७ गते विहान घरमा कोही नभएको बेला ५ महिनाको छोराको घाँटी थिचेर हत्या गरी फरार भएकी थिइन् । प्रहरीका अनुसार उनी भारतको पूर्वी चम्पारण थाना रक्सौल, पोष्ट सिहपुर हरैया, ग्राम एकडर्वा टोलमा बस्दै आएकी थिइन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस