२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा भारी बर्षा, अब दुई दिन हुनेछ अझै खराब

काठमाडौं, जेठ ६ गते । काठमाडौंमा बिहान १ः३० बजेदेखि नै भारी बर्षा सुरु भएको छ । आज आइतबार र भोलि सोमबार नै काठमाडौंमा वर्षाको सम्भावना छ । देशका अरू केही भूभागसहित काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौंमा आज साँझ र रातिपनि वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

आज कोसी, मधेस, गण्डकी, वाग्मती, लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पनि वर्षाको सम्भावना रहेको उनले स्पष्ट पारे । यी प्रदेशका पहाडीसँगै तराई भूभागमा पनि पानी पर्ने सम्भावना रहेको उनले बताए ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस