२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भाइरल हुने पालो खोटाङको: विहारीले ढलान नबस्दै सडक चोरेथे, यहाँ वडाध्यक्षले ! [भिडियो]

काठमाडौं । केही दिन अघि दुनियाँकै विकासमापछि परेको भारतको विहारमा सरकारले बाटो ढलान गरेर हिँडेपछि नसुक्दै स्थानीयले उठाएर घर ल्याएर आँगनमा ढलान गरेको खबर भाइरल भएको थियो । अहिले खोटाङको दिक्तले रुपाकोट मझुवागढी नगरपालिकाबाट त्यो भन्दापनि भाइरल हुने खबर बाहिर आएको छ ।

वडाध्यक्ष नै यति हदसम्मका विकास विरोधी भएकी ६ बर्षपछि बल्ल कालोपत्रे हुन लागेको सडक विगार्न कालोपत्रे हुँदै गरेको आलो सडकमा स्काइभेटर कुदाइदिए ।

दिक्तले रुपाकोट मझुवागढी नगरपालिकाको वडा नं. ४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले यो नीचपूर्ण कार्य गरेपछि स्थानीयहरु आक्रोशित भएका छन् । विकासमापछि परेर पूर्वको कर्णाली भन्न थालिएको खोटाङको साबिकको सदरमुकाम दिक्तेल हुँदै मधेसका जिल्लामा जान यो अत्यन्तै छोटो मार्ग थियो ।

कालोपत्रेका लागि मात्र ठेक्का लागेकोपनि ६ बर्ष वितिसक्दासम्म यहाँ काम हुन सकेको थिएन । यसको प्रमुख कारण नै उनै भएको यो घटनाले प्रमाणित गरेको छ । थप भिडियोमा हेर्नुहोस्

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस