२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा यो वर्षकै गर्मी, पानी परेपछि शितल

Temperatures to heat 30s as hot weather kicks in

काठमाडौं । काठमाडौंमा शनिबार यो वर्षकै धेरै गर्मी भएको छ । यस दिन काठमाडौंको अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “काठमाडौंमा यस वर्षका लागि यो अहिलेसम्मको उच्च तापक्रम हो,” महाशाखाका मौसमविद् रोजन लामिछानेले भने ।

उनका अनुसार, काठमाडौंमा यो वर्ष यसअघि गएको अप्रिल २५ र अप्रिल ३० मा अधिकतम तापक्रम ३३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । शनिबार त्योभन्दा बढी भएको उनले बताए ।

शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस थियो । काठमाडौंको हालसम्मकै उच्च तापक्रम भने ३६.६ डिग्री सेल्सियस हो । सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस पुगेको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ नभएको महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये नेपालगन्जको अधिकतम तापक्रम सबैभन्दा बढी ४२.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ४१.१ डिग्री सेल्सियस थियो ।काठमाडौंमा भने आइतबार बिहानैदेखि बर्षा भएको छ । अहिले शितलता छाइसकेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस