२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तनहुँको दमौलीमा बजारमा भीषण आगलागी

तनहुँ, जेठ ७ गते । तनहुँको व्यास नगरपालिका(३, दमौलीमा गएराति भीषण आगलागी भएको छ । दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा भएको आगलागीले २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं मूल्यबराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।

रायका अनुसार करिब ३ घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तनहुँका सांसद स्वर्णीम वाग्लेले आगलागी पीडितहरुलाई राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिसँग माग गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘तुरुन्तै मुचुल्का उठाई सम्पत्ति नोक्सानीका आधारमा आवश्यक राहत दिन जिल्ला विपद् व्यवस्थापन समितिलाई आग्रह गर्दछु।’

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस