२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं, जेठ ७ गते । नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनमा र संसदीय दलको बैठक संघीय संसद भवन नयाँ बानेश्वर, ल्होत्से हलमा ९ बजे बस्दैछ ।

आज बस्न लागेको संसद् बैठकमा आफ्नो भूमिकाबारे कांग्रेसले छलफल गर्न लागेको हो । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिँदैछन् । गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको र त्यसबारे छानबिन हुनुपर्ने कांग्रेसले माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस