२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२ जनाको ज्यान लिएको नरभक्षी बाघको मृत्यु

चितवन, जेठ ७ गते । । मकवानपुरको मनहरीमा २ जनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो ।

शनिबारदेखि बिरामी परेको बाघ आाइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । १० वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो । बाघलाई गत मंसिरमा खुट्टामा चोट लागेको अवस्थामा उद्धार गरी ल्याइएको थियो । त्यसयता खोरमा बाघको उपचार भइरहेको थियो ।

चालु आर्थिक वर्षमा चितवनमा ७ वटा बाघ मरेका छन् । सन् २०२२ को गणनाअनुसार नेपालमा ३ सय ५५ बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८ वटा रहेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस