२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनको मूल्यले आजपनि रेकर्ड तोड्यो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं, जेठ ७ गते । नेपाली बजारमा सुनको मूल्यले पुनःनयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य वृद्धि भएर हालसम्मकै उच्च कायम भएको हो । अघिल्लो दिन प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढ्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन सुनको मूल्य छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको थियो ।

अघिल्लो दिन छापावाला सुनको मूल्य १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४० हजार २५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजावी सुनको मूल्य १६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस