२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मात्र चार वर्षमा १ लाखले बनायो केही नगरी ४० लाखको मालिक !

काठमाडौं, जेठ ७ गते । सेयर बजारलाई जोखिमपूर्ण व्यवसाय भनिन्छ । नेपालका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले त यसलाई जुवाको खाल भनेका थिए । तर यसमा धेरै यस्ता स्टक छन्, जो लगानीकर्ताका लागि भाग्यशाली साबित भएका छन् ।

छिमेकी मुलुक भारतमा सेयरबाट भएको कमाई थाहा पाउँदा सबै चकित भएका छन् । त्यहाँ धेरै लगानीकर्ताहरूलाई दीर्घकालीन रूपमा धनी बनाएका छन्, जबकि धेरै स्टकहरूले धेरै छोटो अवधिमा अत्याधिक प्रतिफल दिएका छन्। यस्तै एउटा आईटी स्टक वन प्वाइन्ट वन सोलुसन लिमिटेडको सेयर हो । जसले मात्र चार वर्षमा १ लाख रुपैयाँ लगानी गर्नेहरूको पैसा ४० लाखमा परिणत गरिदिएको छ । नेपालमापनि सेयर नराम्रो भने छैन । तर साना लगानीकर्ताहरुले भने कमाउने भन्दापनि गुमाउने गरेको पाइन्छ ।

सेयर बजारमा कारोबार गर्ने यस्ता कम्पनीको सूची लामो हुँदै गएको छ । जसले आफ्ना लगानीकर्ताका लागि बहुमूल्य सेयर साबित गराएका छन् । छोटो समयमा नै पैसाको वर्षा गरेका छन् । स्मॉलक्याप कम्पनी वान प्वाइन्ट वान सोलुसन लिमिटेडको शेयरको बारेमा कुरा गर्दा यो स्टकले विगत चार वर्षमा मात्रै लगानीकर्तालाई ३६०० प्रतिशतभन्दा बढी प्रतिफल दिएको छ । यस अवधिमा शेयरको मूल्य रु १.५८ बाट बढेर अहिले रु ५८.६५ पुगेको छ ।

चार वर्षमा कसरी पैसा खर्च भयो
आईटी सेवा प्रदान गर्ने यस स्मॉल क्याप कम्पनीको सेयर २०१९ नोभेम्बर २९ मा जम्मा १.५८ रुपैयाँ मात्र थियो । जुन अन्तिम कारोबार दिन शनिबार ५.०१ प्रतिशतले बढेर ५८.६५ रुपैयाँमा बन्द भएको थियो । शनिबार सम्पन्न विशेष कारोबार सत्रमा यो सेयर ५६ रुपैयाँ ८० पैसाबाट कारोबार सुरु गरी ५८ रुपैयाँमा अपर सर्किट पार गरेको थियो । पछिल्लो ५ कारोबार दिनमा मात्रै यस शेयरको मूल्य १९ दशमलव ६९ प्रतिशतले बढेको छ । यो सेयरको मूल्य अझै आकाशिदो छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस