२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फोहोर बोक्ने गाडी चालक समाएको भन्दै मेयर बालेनले भने, रिहा नभएसम्म सिंहदरबारको फोहोर उठ्दैन

काठमाडौं, जेठ ७ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फोहोर बोक्ने गाडीका चालक समाएको भन्दै उनीहरू रिहा नभएसम्म सिंहदरबार, सबै पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन्। सोमबार बिहान फोहोर बोक्ने गाडीका चार जना चालकलाई समाएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा रोष प्रकट गर्दै स्ट्याटस लेखेका छन्।

ुबञ्चरे डाँडामा फोहोर लग्न नदिएपछि पेरिसडाँडामा गाडी रोकेर राखिएको थियो, बालेनका स्वकीय सचिव भूपदेव शाहले भने, उता बञ्चरेमा अवरोध हटाउनुको सट्टा यता फोहोर बोकेर राखेको गाडीका चालकलाई समाउनु त भएन नि ! बलामी युवा समाजले रोजगारीको माग राख्दै शनिबारदेखि बञ्चरेडाँडामा फोहोर रोकेको छ। उक्त समाजले फोहोरका गाडीलाई निषेध गर्दा निजी कम्पनीका चारवटा गाडीमा क्षति भएको महानगरको दाबी छ।

मेयर बालेनले सरकारले भ्रष्टलाई समाउन नसकेको आरोप समेत लगाएका छन्। ससम्मान चालकहरू रिहा नभएसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन, उनले लेखेका छन्, को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन ! यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले गाडी चालकलाई नियन्त्रणमा नलिएको दाबी गरेका छन्।

ुउहाँहरूको फोहोरको गाडी त्यहाँ रोकेर राखेपछि किन गलत दिशामा राखेको भनेर सोधपुछ गरेका थियौं, उनले भने, ुत्यसपछि वातावरण विभागमा पठाएका थियौं। तर चालकलाई भने नियन्त्रणमा लिएका छैनौं। महानगरका सहप्रवक्ता दीपक अधिकारी प्रहरीहरू गाडीमै चढेर टेकु कार्यालय पुगेको जिकिर गर्छन्। प्रहरीहरूले सँगै आएर टेकुमा गाडी रोक्नु भएछ, उनले भने, त्यसपछि नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई बोलाउनुभएको रहेछ। तर उहाँ जानुभएनछ। हाम्रा चालकहरूलाई नियन्त्रणमा लिएको भन्ने छ। प्रहरीले कसैलाई नियन्त्रण नलिएको भन्ने जबाफमा उनले उक्त कुरा आफूलाई थाहा नभएको बताए।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस