२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सीता बोम्जन र विराज पक्राउ

Sita Bomjan and Biraj absconding defendants in the banking crime case arrested

काठमाडौं, जेठ ७ गते । काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलखा बैतेश्वर गाउँपालिका-१ घर भई काठमाडौं बुढानीलकण्ठ नगरपालिका-४ बस्ने ३७ वर्षीया सीता बोम्जन तामाङ र नुवाकोट ककनी गाउँपालिका-४ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ३४ वर्षीय विराज तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सीता बोम्जनलाई काठमाडौं बुढानीलकण्ठ नगरपालिका-५ गणेश चोकबाट र विराजलाई काठमाडौं धुम्बाराहीबाट जेठ ४ गते शुक्रबार पक्राउ गरेको हो ।

पक्राउमध्ये सिता संलग्न भएको बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत भक्तपुरबाट २०८१ वैशाख ७ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी थिइन् भने विराज संलग्न भएको बैंकिङ कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी भई फरार रहेका थिए ।

सीतालाई जिल्ला प्रहरी परिसर भक्तपुर र विराजलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि पठाइएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस