२०८१ असार १२ गते मङ्गलवार | 2024 June 25th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसदीय समिति गठनका लागि विपक्षी दलहरुले सडक र सदनबाट दवाव दिने

Rabi Lamichhane Bipakxi

काठमाडौं, जेठ ७ गते । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने भएका छन् । सोमबार दिउँसो बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई थप सशक्त रूपमा उठाउने निर्णय गरेको हो ।

बैठकले आजको प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले खेलेको भूमिकामाथि पनि प्रश्न उठाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए । उनले भने, ‘आजको प्रतिनिधि सभामा सभामुख पार्टीका कार्यकर्ता जसरी प्रस्तुत हुनुभयो । उहाँले निष्पक्ष भूमिका निर्वाह गर्न सक्नुभएन भन्ने बैठकले निष्कर्ष निकालेको छ ।’

बैठकमा कांग्रेस, राप्रपाका साथै जसपा नेपाल, लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरू उपस्थित थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस