२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेको गीत ‘भो जित्यौ तिमिले फेरिपनि मेरै हार भयो’ [ भिडियोसहित ]

काठमाडौं । धेरैलाई थाहा नहुँन सक्छ स्टार क्रिकेटर सन्दीप लामिछाने क्रिकेटरमा मात्र सीमित छैनन् । उनी गायक पनि हुन् । उनको गीत यूट्यूवमा भेटिन्छ ।

‘उदास थियो मेरो मन’ बोलको गीत उनले आफ्नो आधिकारिक यूट्यूव च्यानलबाट रिलिज गरेका थिए । विनोद तिमिल्सिनाले लेखेको गीतमा उनको आफ्नै कम्पोजिसन रहेको छ । क्रिकेटर सन्दीपले संगीतलाई आफ्नो दोस्रो सौख बताउने गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मेरो प्रेरणास्रोत रहिआएको छ । मैदान भित्र र बाहिर समेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ । यो मेरो दोस्रो सौख हो ।’

सन्दीपले गाएको गीत रोमान्टिक र मेलोडियस छ । उनको स्वर प्रोफेसनल गायकको भन्दा कम सुनिँदैन । भो जित्यौ तिमिले फेरिपनि मेरै हार भयो जस्ता शब्दले गीत प्रेमिल हो भन्न सकिन्छ । उनको च्यानलपनि ९० के सब्सक्राईब पुगिसकेको छ ।

हेर्नुस् भिडियो‘

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस