२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीपलाई भिसा नदिएपछि अमेरिकी दूतावासको फेसबुक पेजमा फ्यानहरुको आक्रोशको ओइरो

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोमा व्यापक आलोचना भएको छ । अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा जान भिसा लिन दूतावास पुगेका सन्दीपले भिसा नपाएपछि आलोचना भएको हो ।

उनले यस विषयमा फेसबुकमार्फत जानकारी गराएका थिए । अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा जान भिसा लिन दूतावास पुगेका सन्दीपले भिसा नपाएपछि फेसबुकमार्फत जानकारी गराएका छन् । उनले फेसबुकमा बुधबार दिउँसो पोस्ट गरेलगतै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अमेरिकी दूतावासको फेसबुक तथा ट्विटर (एक्स) पेजमा व्यापक आलोचना गरिरहेका छन् ।

दूतावासले सन्दीपको भिसा ५ वर्षअघि पनि रोकेको थियो । सन् २०१९ अगस्ट १३ (२०७८ साउन २८) मा अन्तर्वार्तामा बोलाएर फर्काइएको थियो । सन्दीपले त्यसबारेमा सामाजिक सञ्जालमा आलोचनात्मक पोस्ट गरेका थिए । सन्दीपले आलोचनात्मक ट्विट भाइरल भयो । धेरै प्रयोगकर्ताले अमेरिकी दूतावासको व्यापक आलोचना गरे । त्यसको केही घण्टापछि सन्दीपलाई दूतावासले आफैँ फोन गरेर बोलाएर माफी माग्दै भिसा दिएको थियो । त्यसपछि उनी खेल्न अमेरिका गएका थिए ।

यो पटक सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

दूतावासको पेजमा फ्यानहरूको आक्रोश
सन्दीपलाई भिसा नदिएको भन्दै फ्यानहरूले दूतावासको चर्को आलोचना गरिरहेका छन् । अमेरिकी दूतावासले सार्वजनिक गरेको क्लर्क र क्यासियरको जागिरको विज्ञापनको सूचनामा पछिल्लो पोस्टमा धेरैजसो आक्रोश पोखिएका छन् । उनीहरूले व्यापक आलोचना गरेका कमेन्टहरू देखिन्छन् । कमेन्टहरूमा सन्दीपलाई भिसा दिन आग्रह गरिएको छ । ‘किन नदिएको भन्दै ’ आलोचनासमेत गरेका छन् । कतिपयले ‘गो ब्याक अमेरिका’ भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिइरहेका छन् ।

दुई घण्टा नपुग्दै विज्ञापनमा ३३ सय बढीको आक्रोशको रियाक्ट भएको छ भने चार हजार भन्दा धेरै कमेन्ट आएका छन् । कमेण्ट ९९ प्रतिशत कमेन्ट आक्रोशपूर्ण छन् ।

आजै अमेरिकी दूतावासले कैलाश सिरोहिया पक्राउलाई सङ्केत गरेर पोस्ट गरेको थियो । दूतावासले पोस्ट गरेको ‘प्रेस स्वतन्त्रताबारे’को पोस्टमा पनि धेरैले आक्रोशित प्रतिक्रिया दिएका छन् । नेपालको आन्तरिक मामिलामा नबोल्न भन्दै आग्रहसहितको कमेन्ट छ । अमेरिकाले भिसा अस्वीकृत हुनुको कारण खुलाएको छैन ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस