२०८१ असार १२ गते मङ्गलवार | 2024 June 25th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आरसिबीले राजस्थानलाई दियो १७३ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) को एलिमिनेटरमा राजस्थान रोयल्सलाई रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)ले १७३ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम टस हारेर ब्याटिङको निम्तो पाएको आरसिबीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १७२ रन बनायो ।

उसका लागि विराट कोहलीले ३३ रन बनाए । २४ बलको सामना गरेका कोहलीले तीन चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै रजत पाटीदारले २२ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ३४ रन बनाए । कप्तानल फाफ डु प्लेसिस १७ रनमा आउट हुँदा क्यारुन ग्रिनले २७ बनाए ।

ग्लेन म्यासवेल शुन्य रनमा आउट भए । १७ बलको सामना गरेका महिपाल लोमरले दुई चौका र दुई छक्काको मद्दतमा ३२ रन बनाए पछि आरसिबीले प्रतिस्पर्धात्म लक्ष्य दिएको हो । राजस्थानका लागि आवेश खानले तीन विकेट लिए । चार ओभर बलिङ गरेका खानले ४४ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । रविचन्द्र आश्वीनले दुई लिँदा सन्दीप शर्मा, ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलको नाममा एक एक विके रह्यो ।

आजको खेलमा पराजित टिमको आईपिएल यात्रा सामाप्त हुनेछ भने विजयी टिमले पहिलो क्वालिफायरमा पराजित सनराइजर्स हैदरावादसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित हुँदै हैदरवाद तेस्रो क्वालिफायरमा पुगेको छ। कोलकाता सिधै फाइनल पुगिसकेको छ। दोस्रो क्वालिफायरको विजेताले कोलकातासँग फाइनल खेल्नेछ।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस