२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

RR vs RCB Highlights : विराट कोहलीको टोली हराउँदै राजस्थान क्वालिफायर २ मा पुग्यो

RR vs RCB Highlights

RR vs RCB Highlights : आईपीएल २०२४ को एलिमिनेटरमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई चार विकेटले पराजित गरेको छ । योसँगै राजस्थानले बैंगलोरलाई प्रतियोगिताबाट बाहिर निकालि दिएको छ ।
साथै बैंगलोरको लगातार ६ खेल जित्ने यात्रा पनि ध्वस्त पारिदिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा आठ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफमा राजस्थानले १९ ओभरमा नै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

यो जितसँगै राजस्थानको टोली क्वालिफायर २ मा पुगेको छ । अब मे २४ मा उसले अर्को नकआउट खेलमा सनराइजर्स हैदरावादको सामना गर्नेछ । उक्त खेल जित्ने टोलीले मे २६ मा फाइनलमा कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । बैंगलोरका खेलाडीहरूले आज खेल सकिएपछि दिनेश कार्तिकसँग अँगालो हालेको देखियो ।

त्यसबाट यो नै कार्तिकको आईपीएलमा अन्तिम खेल भएको सजिलै अनुमान गरिएको छ । कार्तिकले यसअघि सीएसकेलाई हराएपछि भनेका थिए कि सीएसकेसँगको खेल उनको आईपीएल करियरको अन्तिम हुनेछ। यस्तो अवस्थामा कार्तिकले अब आईपीएल खेल करियर समाप्त गरेको मान्न सकिन्छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस